Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

देउवासँगको भेटपछि प्रधानमन्त्री राष्ट्रपति भेट्न किन पुगे ? सत्ता समीकरण गर्दै हो कांग्रेस–माओवादी ?   

देउवासँगको भेटपछि प्रधानमन्त्री राष्ट्रपति भेट्न किन पुगे ? सत्ता समीकरण गर्दै हो कांग्रेस–माओवादी ?   


  • 8.1K
    Shares

    देउवासँगको भेटपछि प्रधानमन्त्री राष्ट्रपति भेट्न किन पुगे ? सत्ता समीकरण गर्दै हो कांग्रेस–माओवादी ?   
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

    भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रमको सन्दर्भमा भेट गरेको बुझिएको छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

    यसैविषयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छलफल गरेका छन् । 

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १४:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij