Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

कांग्रेसको बटमलाइन संसदीय छानबिन समिति, गृहमन्त्री रविमाथि अर्जुनदृष्टि

कांग्रेसको बटमलाइन संसदीय छानबिन समिति, गृहमन्त्री रविमाथि अर्जुनदृष्टि


  • 4.3K
    Shares

    कांग्रेसको बटमलाइन संसदीय छानबिन समिति, गृहमन्त्री रविमाथि अर्जुनदृष्टि
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बटमलाइन छानबिन समिति गठन गर्नुपर्ने रहेको स्पष्ट पारेको छ ।

    आज (शुक्रबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

    संसदीय छानबिन समितिबाट कांग्रेस एकरत्ति पछि नहट्ने निर्णय गरेको लेखकले बताए । यसलाई कांग्रेसले बटमलाइन बनाएको उनले बताए । 

    ‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ,’ लेखकले भने, ‘यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’

    उनले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्मा को–को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए । 

    गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले उनीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान कायमै राख्ने बताएको छ । 

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - ११:३३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij