Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

गायिका ज्योति मगरमाथि महोत्सवमा किन भयो ढुंगा प्रहार ?

गायिका ज्योति मगरमाथि महोत्सवमा किन भयो ढुंगा प्रहार ?


  • 4.7K
    Shares

    गायिका ज्योति मगरमाथि महोत्सवमा किन भयो ढुंगा प्रहार ?
    images

    सुर्खेत । जुम्ला महोत्सवमा शनिबार गायिका ज्योति मगरले अप्रिय अवस्थाको सामना गर्नुपर्‍यो । उनले प्रस्तुति दिने क्रममा स्टेजमा ढुंगा प्रहार भएको थियो ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा अरू दिनभन्दा शनिबार भीड थियो । १० हजारभन्दा बढी दर्शक ज्योतिको प्रस्तुतिमा रमाइरहेका थिए । ज्योतिको स्वर गुञ्जिनेबित्तिकै दर्शकहरु उफ्रिन थाले । दर्शकको साथ पाएर ज्योति पनि हौसिन र उच्छृंखलता देखाउन थालिन् । उनको पहिरन पनि सधैं जस्तै भड्किलो थियो ।

    दर्शक दीर्घामा रहेका केही युवा रक्सीले मातेका थिए । ज्योतिको प्रस्तुति र हाउभाउले उनीहरुले होस गुमाए । त्यसपछि केही युवाले भुईंबाट ढुङ्गा र माटो टिपेर स्टेजमा प्रहार गरेको भिडियोमा देख्न सकिन्छ । उनीहरुले अपशब्द प्रयोग गर्दै ज्योतिलाई गालीगलौचसमेत गरेका थिए । उक्त माहोललाई रोक्न साउण्ड सिस्टम केही समय बन्द गरिएको थियो ।

    एक २३ वर्षीय युवकले ढुङ्गा हानेको सामाजिक सञ्जालमा रहेको भिडियोमा प्रस्ट देखिन्छ । तर, ज्योति मगरलाई भने ढुङ्गा लागेन । गायिका मगरको प्रस्तुतिमा रमाइलो गरिरहेका दर्शकहरु एकछिन तितरबितर भएका थिए । त्यसपछि ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा लगिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बढ्थापाले जानकारी दिए ।

    गायिका मगरले गीत गाइरहेको समयमा अचानक प्राविधिक समस्याका कारण लाइन गएको हुँदा ती युवकले ढुङ्गा हानेको उनले दाबी गरे ।

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १६:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij