Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ: पार्टी फुटाउने हल्ला सुनियोजित छ

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ: पार्टी फुटाउने हल्ला सुनियोजित छ


  • 4.4K
    Shares

    ६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ: पार्टी फुटाउने हल्ला सुनियोजित  छ
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको भन्दै खण्डन गरेका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका खनालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन् ।

    ‘..यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदैछन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ’, खनालले भनेका छन्, ‘केहि अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् ।’ यस्तो हल्लाले पार्टीव्यापी रूपमा भ्रमको कुहिरो फैलाइएको भन्दै यस्तो भ्रममा नपर्न खनालको आग्रह छ ।

    खनालले मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढिरहेको गत २१ फागुनबाट मुलुकमा नयाँ राजनीतिक समीकरणले आकार लिएको पनि बताएका छन् । 

    jhalanath_TMCYOrncvP.webp

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १४:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij