२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारबाट नबाहिरिने भएको छ ।
उसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारबाट नबाहिरिने भएको हो ।
आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् ।
आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए ।
सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला नै होइन भन्दै उनले त्यस विषयमा कुराकानी नभएको बताए ।
पार्टीमा भएको घटनाको विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको बताउँदै उनले पार्टीको बैठकबाट छलफल गरी अगाडि बढ्ने बताए ।
जसपाका प्रवक्ता मनिष सुमनले पनि सरकारलाई दिएको समर्थन कायम रहने नरहने विषयमा पार्टीले छलफल गरेर टुगों लगाउने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij