Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

जसपाबाट विभाजित अशोक राई नेतृत्वको नयाँ पार्टीले प्रचण्ड सरकारलाई समर्थन कायमै राख्ने 

जसपाबाट विभाजित अशोक राई नेतृत्वको नयाँ पार्टीले प्रचण्ड सरकारलाई समर्थन कायमै राख्ने 


  • 2.8K
    Shares

    जसपाबाट विभाजित अशोक राई नेतृत्वको नयाँ पार्टीले प्रचण्ड सरकारलाई समर्थन कायमै राख्ने 
    images

    काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ ।

    सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।

    सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ ।

    सअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो । जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयोगले जनाएको छ ।

    आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन् । 

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - १०:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij