Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘मनसरा’को भव्य प्रिमियर शोमा निश्चलदेखि प्रदीपसम्म देखियो यस्तो

‘मनसरा’को भव्य प्रिमियर शोमा निश्चलदेखि प्रदीपसम्म देखियो यस्तो


  • 3.9K
    Shares

    ‘मनसरा’को भव्य प्रिमियर शोमा निश्चलदेखि प्रदीपसम्म देखियो यस्तो
    images

    काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’लाई रेडकार्पेट प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा बुधबार आयोजित प्रिमियर भव्य रह्यो ।

    कुटुम्ब ब्यान्डको प्रस्तुति, भोज, प्राविधिकलाई सम्मान कार्यक्रम, सेलिब्रेटीको खचाखच उपस्थिति प्रिमियरका आकर्षण रहे । फिल्मको थिमसँग मिल्ने रङको हरियो सारीमा मिरुना आकर्षक देखिइन् । उनलाई साथ दिन आमा शशी लण्डनबाट रेडकार्पेटमा आइपुगेकी थिइन् ।

    वितरक एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियर समारोहमा केही चर्चित नाम देखिए । एप्पल तथा क्यूएफएक्स निर्देशक नकिम उद्दिन, निर्देशक सुब्बा, कलाकार प्रवीण खतिवडा, छायांकार तथा निर्माता शैलेन्द्रध्वज कार्की प्रिमियरमा थिए ।

    विजय बराल, कार्म, सरिता गिरी, सुरक्षा पन्त, कुन्साङ बमजम लगायतका कलाकार प्रिमियरमा देखिए । प्रिमियरमा फिल्मका प्राविधिकलाई ५०(५० हजार रुपैयाँसहित सम्मान प्रदान गरियो ।

    यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । एड्भान्स टिकट बिक्री खुला भएको छ । सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले निःसन्तान दम्पतीको व्यथा, समयक्रममा हराएका पात्रको पुनर्मिलन, काँठका बासिन्दाले जीविकोपार्जनमा गर्दा आउने समस्या, अन्तरजातीय सम्बन्धको आयामबारे कथा भन्छ ।

    mansara.jpg

    mansara-primire.jpg

    mansara-premier-3.jpg

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १४:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij