Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : सञ्चारमन्त्री शर्मा

नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : सञ्चारमन्त्री शर्मा


  • 2.5K
    Shares

    नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : सञ्चारमन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताएकी छिन् । 

    सोमबार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवद्र्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको बताइन् । 

    उनले सो अभावलाई परिपूर्ति गर्नका लागि चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताइन् । उनले आइटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिन् । 

    उनले सूचना प्रविधि उद्योगको प्रवद्र्धनका लागि देश भित्र र बाहिरका साना तथा ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पारिन् । 

    मन्त्री शर्माले विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेनजस्ता नयाँ प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर तयारी पनि गरिरहेको बताइन् । उनले सञ्चार मन्त्रालयले लगानी सम्मेलनमार्फत अघि सारेका विभिन्न परियोजनामा लगानीको वातावरण बनाउन लगानीकर्ताहरुको ध्यानाकर्षण पनि गराइन् । 

    मन्त्री शर्माले सूचना प्रविधि उद्योगका लागि नेपाल नेपाली लगानीकर्ताको मात्रै नभइ विदेशी लगानीकर्ताहरुको समेत उपयुक्त स्थल भएको बताइन् । उनले सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति पनि भएकोले कम लागतमा आइटी उद्योगहरु सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको बताइन् । 

    मन्त्री शर्माले सूचना प्रविधिसँग सम्बन्धित नीतिहरुलाई समयानुकल परिमार्जन गरिरहेको पनि बताइन् । 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - ०७:३७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij