Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न सरकारका निकायहरूसँग राकुटेन भाइबरले साझेदारी गर्ने

सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न सरकारका निकायहरूसँग राकुटेन भाइबरले साझेदारी गर्ने


  • 2.7K
    Shares

    सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न सरकारका निकायहरूसँग राकुटेन भाइबरले साझेदारी गर्ने

    काठमाडौँ  । राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ। 

    कलिङ र मेसेजिङ एप्लिकेसनहरुको दुनियाँमा विश्वकै अग्रणी एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको हो । 

    यस सहकार्यको उद्देश्य नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तरक्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको कम्पनीले जनाएको हो । 

    यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। 

    यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्।

    यसबाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग “स्वास्थय सूचना”अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थय सूचना पहलको एक अंशको रूपमा, आम जनताले आधिकारिक दिशानिर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्ष रूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारी, सहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउनेछन्।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “ स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्‍याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौं। 

    “राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारको लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्छन्। नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ”, राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले टिप्पणी गरे । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १४:३८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij