२०८२ भाद्र २७ गते शुक्रवार
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
जागणका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्। दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।
सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्। मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ। जिप चालक नैनीतालकै ३८ वर्षीय हरिशरामले अनियन्त्रित भएर जिप भीरबाट खसेको बयान दिएका छन्।
जिप खसेको आवास सुनेपछि घटनास्थलमा पुगेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपछि स्थानीय बेतालघाट थानाबाट अनिश अहमद र राजश्व उपनिरीक्षक कपिल कुमारको टोली घटनास्थलमा पुगेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij