Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

रूसी क्षेत्रमा ड्रोन आक्रमण

रूसी क्षेत्रमा ड्रोन आक्रमण


  • 2.2K
    Shares

    रूसी क्षेत्रमा ड्रोन आक्रमण
    images

    मस्को । युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।

    तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारी अनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो । 

    विज्ञप्तिमा भनिएको छ,’आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन तर येलाबुगामा मानिसहरू घाइते भएका छन् ।’

    रूसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगा नजिकै रासायनिक र मेकानिकल इन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखानाहरू छन् भने निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना रहेको छ । 

    अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुईवटा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :चैत्र २० २०८० मंगलवार - १२:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij