Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख


  • 2.7K
    Shares

    ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख
    images

    काठमाडौँ । नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ ।

    निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

    निर्माण पक्षले पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ ।

    निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र सन्देशलाई दर्शकले रुचाएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ’, निर्देशक भट्टराईले भने ।

    चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

    आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १२:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij