Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु, आइएसले लियो जिम्मा

अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु, आइएसले लियो जिम्मा


  • 2.5K
    Shares

    अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु, आइएसले लियो जिम्मा

    अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ।

    बिहीबार अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जनाएको छ। 

    सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो। विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

    विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ। उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ।  कान्दाहारमा तालिबानका सर्वोच्च कमाण्डर बस्छन्।

     

    बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ।

    यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो।

    प्रकाशित मिति :चैत्र ९ २०८० शुक्रवार - १३:३०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij