Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की

६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की


  • 2.5K
    Shares

    ६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की
    images

    अबुजा । गएको बिहीबार नाइजेरियामा २८७ जना विद्यार्थीहरू अपहरण गरेका अपहरणकारीहरूले ६ लाख २२ हजार डलर (१ र्ब नायरा) फिरौती मागेका छन् ।

    आफ्नो माग पूरा नभए अपहरणमा परेका सबै केटाकेटीलाई मारिदिने धम्की दिइएको छ । बुधबार स्थानीय कुरिगा समुदायका एक व्यक्तिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।

    अपहरणकारीहरूले मंगलबार मध्याहन्न सवा ६ बजेतिर फोन गरेर १ अर्ब नायरा फिरौती मागेको बताइएको छ । फिरौतीका लागि अपहरण भएको तीन हप्ता वा २० दिनको समय दिइएको बताइएको छ ।

    सरकारले कुनै पहल गरेन भने अपहरणकारीहरूले सबै बालबालिकालाई मार्ने धम्की दिएको बताइएको छ । बालबालिकाहरू मार्च ७ मा अपहरणमा परेका थिए । आफ्ना समूहको सदस्य मारेको बदलामा अपहरण गरिएको अपहरणकारी समूहले बताएको छ ।

    गएको हप्ता बिहीबार मोटरसाइकलमा आएका सशस्त्र समूहले स्थानीय एलईए प्राइमरी र माध्यमिक विद्यालयका बिहान ३०० भन्दा धेरै विद्यर्थीहरुलाई बन्दी बनाएका थिए । तीमध्ये केहीको उद्धार गरिएको भएपनि २८७ जना अझै अपहरणकारीकै पञ्जामा छन् । अपहरणमा परेकामध्ये १०० जना जति बालबालिका प्राथमिक विद्यालयका विद्यार्थी हुन् । बाँकी भने माध्यमिक विद्यालयका भएको बताइएको छ ।

    बालबालिकाहरूलाई सुरक्षित रुपमा फर्काउन आफ्नो सरकारले सम्भव भएसम्मको सबै प्रयास गरिरहेको कादुना राज्यका गभर्नर उबा सानीले बताएका छन् । यो राज्य नाइजेरियाको राजधानी आबुजाको दक्षिणपश्चिम सीमामा रहेको छ । पछिल्लो समय यहाँ अपहरण गर्ने र फिरौती माग्ने घटनाहरु बढेका छन् ।

    सन् २०२१ मा निजी माध्यमिक विद्यालयबाट हतियार धारी पुरुषहरुले झन्डै १४० जना विद्यार्थीलाई कब्जामा लिएका थिए । बन्दुकधारीहरूले एउटा निजी विश्वविद्यालयबाट २० जना विद्यार्थीलाई बन्दी बनाएको केही महिनाभित्रै यो घटना घटेको थियो ।

     

    प्रकाशित मिति :चैत्र २ २०८० शुक्रवार - ११:३३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij