Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

बलात्कृत दुई छोरीले आत्महत्या गरेपछि पिताले पनि गरे आत्महत्या

बलात्कृत दुई छोरीले आत्महत्या गरेपछि पिताले पनि गरे आत्महत्या


  • 54.2K
    Shares

    बलात्कृत दुई छोरीले आत्महत्या गरेपछि पिताले पनि गरे आत्महत्या
    images

    भारत उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि केही दिनअघि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो। घटनापछि दुई जनाले आत्महत्या गरेका थिए।

    दुईमध्ये एक पीडितका बुबाले समेत आत्महत्या गरेका छन्। इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएपछि उनले आत्महत्याको बाटो रोजेको बताइएको छ।

    भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे। उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो। घटनापछि दुवैले आत्महत्या गरेका थिए। प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ।

    घटनापछि इँटा भट्टा सञ्चालकले परिवारलाई सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए। यहीबीच पिताले पनि आत्महत्या गरेका हुन्।

    प्रकाशित मिति :फाल्गुण २४ २०८० बिहिवार - १८:२८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij