Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश


  • 2.3K
    Shares

    ‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश
    images

    काठमाडौं । ‘पुष्पा २’ लाई सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मको पहिलो भागले विश्वभर उछाल कमाइ गर्‍यो, जसकारण पनि दर्शक दोस्रो श्रृंखलालाई लिएर उत्साहित छन् ।

    पहिलो भागले विश्वव्यापी ३५० करोड भारु कमाएको थियो । त्यतिबेला सामाजिक सञ्जालमा यसले सुनामी मात्र ल्याएन, संकटमा परेको भारतीय फिल्ममा व्यावसायिक राहत पनि ल्यायो । ‘पुष्पा २’ को यतिबेला काम भइरहेको छ र यसलाई वर्षको सबैभन्दा ठूलो भारतीय फिल्ममध्ये एक मानिएको छ । यो फिल्मको विस्तृत विषयलाई अहिलेसम्म लुकाएरै राखिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको लाइनअपलाई लिएर रोचक खबर सतहमा आएको छ । फिल्मको एक प्रमुख भूमिकामा अभिनेता सञ्जय दत्तको प्रवेश हुँदैछ । खबरअनुसार निर्देशक सुकुमारले अभिनेता दत्तलाई एक भूमिकाका लागि प्रस्ताव राखेका छन् ।

    यसअघि निर्देशक सुकुमारले कुनै एक बलिउड-ए लिस्टरलाई समेट्ने संकेत दिएका थिए । दत्तले अभिनय गर्ने खबर बाहिरिएपछि फ्यानमाझ उत्साह बढेको छ । स्रोतका अनुसार फिल्ममा सञ्जयले एक ‘प्रभावशाली व्यक्ति’को भूमिका निर्वाह गर्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८० बिहिवार - १८:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij