Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’


  • 2.6K
    Shares

    बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’
    images

    काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालले तेस्रो सिजनको शोको प्रसारण बन्द भएको जानकारी दिए । 

    शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको जितुले बताए । ‘समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको हो’ जितुले थपे ।

    शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ । शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।

    ‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको यो शो यसअघि पनि पटक पटक बन्दै हुँदै पुन: सञ्चालन हुँदै आएको थियो । अहिले भने स्थायी रूपमा बन्द भएको जितुले बताए ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १२:०५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij