Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

स्टेजमै एलिना चौहानको साउन्ड टेक्निसियनसँग भनाभन भएपछि...

स्टेजमै एलिना चौहानको साउन्ड टेक्निसियनसँग भनाभन भएपछि...


  • 4.5K
    Shares

    स्टेजमै एलिना चौहानको साउन्ड टेक्निसियनसँग भनाभन भएपछि...
    images

    काठमाडौँ । यतिबेला गायिका एलिना चौहानको स्टेज प्रस्तुतिको एक भिडियो भाइरल छ । भिडियोमा एलिना र साउन्ड टेक्निसियनबीच विवाद देख्न सकिन्छ । 

    भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् ।

    भिडियो पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको हो । जसमा प्रस्तुति दिन आइतबार साँझ एलिना पुगेकी थिइन् । जहाँ पहिले देखिनै पानी परिहरेको थियो । सुरुबाटै कार्यक्रमको साउन्ड सिस्टम खराब देखिएको थियो । पानी परेको कारण मोनिटर समेत राखिएको थिएन । जसले एलिनालाई गाउन सकस परेको थियो । त्यसका बावजुत पनि एलिनाले दर्शकलाई रिझाउन हर प्रयास गरिन् ।

    उनले जति नै गीत गाएपनि दर्शकबाट वान्समोरको हुटिङ भैरहन्थ्यो । ‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् । एलिनाले आफ्नो कुरा राख्न नपाउदै साउन्ड टेक्निसियनले उल्टै एलिनालाई नै दोष देखाए । त्यसपछि एलिनाले बोल्ने ढंग सुधार्नु भन्दै भनिन्, ‘यहाँ उभिएर एकचोटि हेर्नु त ।’

    भिडियोमा एलिना र टेक्निसियनको केही समय दोहोरो जवाफ भएको देख्न सकिन्छ । अन्तमा टेक्निसियनलाई लाज लाग्दैन भन्दै एलिनाले हपारेकी छन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - १८:५१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij