२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लोकप्रिय कलाकार हरिवंश आचार्यको आज जन्मदिन परेको छ । विसं २०१४ सालमा आजकै दिन काठमाडौंको गौरीधारामा जन्मिएका आचार्य एक्टर , कमेडियन, गायक र लेखकसमेत हुन् भने उनले आज आफ्नो जन्मदिन मनाउदैछन् ।
आचार्यले विसं २०३१ सालमा रेडियो नेपालको नाटकबाट आफ्नो करियरको सुरुवात गरेका हुन् । उनले आफ्नो करियरसँगै राष्ट्रिय नाच घरमा पनि काम गरेका थिए । उनले आफ्नो जीवनकालमा अभिनयले मात्र होइन गायन र लेखनले पनि दर्शकलाई आनन्दित बनाएका छन् । आचार्यले लेखेको ‘ चिना हराएको मान्छे र हरिबहादुर’लाई पनि धेरैले रुचाएका थिए ।
‘लोभीपापी, तँ त साह्रै बिग्रिस् नी बद्री, राजमती, जे भो राम्रै भो, शत्रु गते, दाल भात तरकारी’ लगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरेर दर्शकहरुलाई आनन्दित पारेका आचार्यका यि सफल चलचित्र पनि हुन् । उनले अभिनय गरेको ‘बलिदान’ चलचित्रको अहिले पनि चर्चा परिचर्चा त्यतिकै हुने गर्छ ।
त्यस्तै उनका थुप्रै टेलिचलचित्रहरु ‘१५ गते’ ‘हरिबहादुर मदनबहादुर’ लगायत लोकप्रिय छन् । उनले नाटक र बिज्ञापनहरुमा पनि धेरै काम गरेका छन् ।
लामो समयदेखि आचार्यले अर्का हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्दै आएका छन् । यो जोडि अहिले ‘मह’जोडि’का नामले सु-परिचित छ । उनै हाँस्य कलाकार हरिवंश आचार्यलाई जन्मदिनको शुभकामना ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij