Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

वैवाहिक जीवनमा प्रवेश गरिन् नन्दिता केसी

वैवाहिक जीवनमा प्रवेश गरिन् नन्दिता केसी


  • 3.2K
    Shares

    वैवाहिक जीवनमा प्रवेश गरिन् नन्दिता केसी
    images

    काठमाडौँ । अभिनेत्री नन्दिता केसी आजदेखि वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । शनिवार एक समारोहकाबिच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् ।

    नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौँको एक होलटमा आयोजना गरिएको हो । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो ।

    रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो । जसमा उनी निकै खुसी देखिएकी थिइन् ।

    नन्दिताले केही अगाडि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गरेका हुन् ।

    नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जङ्गबहादुरको कोट’  ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २० २०८० आइतवार - १२:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij