Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु


  • 2.2K
    Shares

    दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु
    images

    काठमाडौं । दोस्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ। नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माले उद्घाटन गरे। फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन्।

    नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए। ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नुपर्छ। तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको छ,’ उनले भने।

    नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्वस्त रहेको पूर्वमन्त्री विश्वकर्माले जनाए।

    नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरियो। गीतामा वैदेशिक रोजगारीमा विदेशीएको बाबु सम्पर्कविहीन भएपछि परिवारमाथि आइपरेको समस्या समाधान गर्न गरिएको संघर्षलाई उतारिएको छ।

    प्रकाशित मिति :फाल्गुण २० २०८० आइतवार - ०८:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij