Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आरआर फ्रिस्टायल प्रोडकास्ट कार्यक्रम सम्पन्न

आरआर फ्रिस्टायल प्रोडकास्ट कार्यक्रम सम्पन्न


  • 9.4K
    Shares

    आरआर फ्रिस्टायल प्रोडकास्ट कार्यक्रम सम्पन्न
    images

    ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नाराका साथ बानेश्वरस्थित रेस्क्यू क्रियशन प्राङ्गणमा आरआर फ्रिस्टायल प्रोडकास्ट कार्यक्रम सम्पन्न भएको छ ।

    रेसराज प्रोडक्शन प्रा.लि.का संस्थापक गायक तथा कलाकार रेशम कुमार विश्वकर्माको अग्रसरतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । वरिष्ठ संगीतकार राजु सिंहको आतिथ्य तथा हिपहप विधिका कालकारहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पस्किइएको थियो ।

    123.jpg

    कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणाले फोनबाटै शुभकामना दिनुभएको उक्त कार्यक्रममा रेस्क्यू क्रियशनका डाइरेक्टर समन अधिकारी, डिजिटल काठमाडौं स्टुडियोका संचालक वरिष्ठ मिक्सिङ एण्ड मास्टरिङ्गका इन्जिनियर डीका गुरुङ, वरिष्ठ कम्पोजर, प्रोग्रामर तथा एरेञ्जर पवन वाङ लामा, वरिष्ठ कथाकार तथा निर्देशक मिनसागसर लामा, वरिष्ठ एरेञ्जर राजु खड्का, रेशराज प्रोडक्सशका प्रवन्ध निर्देशक तथा वरिष्ठ जनवादी गायक केशर कालिकोटे, डिजाईनर गोबिन्द सुवेदी, वरिष्ठ संगीतकार तथा गायक उत्सव सुब्बा लामा, वरिष्ठ गायक तथा संगीतकार शैलाप वाईवा, गायक तथा संगीतकार एम.आर.सी.एम. तामाङ, गायक तथा संगीतकार सन्दीप स्यामचेन, गायक तथा संगीतकार जीवन तामाङ, हिपहप गायकहरू सागर सुनार, र्‍यापर ब्वाईज - (द बीग ओडी, रायुलिज), एक्स एक्स एडी एक्स, सुनिता ल्यामगड, टुजी, काले, वान्टेडब्वाई, गायक रविन बराल, गायिको रोशनी सेन्चुरी लगायत विभिन्न मिडिया हाउसका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    ec705dab-862a-4c23-888f-6afdb972e21d.jpg

    कार्यक्रमका आयोजक विश्वकर्मालाई उहाँको यस्तो पहलकदमीको निम्ति कलाकारहरुले बधाई ज्ञापन गरेका थिए । हिपहम म्युजिकलाई प्रवद्र्धन गर्न  आरआर म्युजिक रेकर्डलेभलको संचालन गरिएको  कलकार विश्वकर्माले बताउनुभयो ।

    प्रकाशित मिति :फाल्गुण १६ २०८० बुधवार - ०९:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij