Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स

‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स


  • 1.9K
    Shares

    ‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स
    images

    काठमाडौँ । गायक दीप श्रेष्ठको स्वर रहेको गीत ‘तिमी जस्तो साथी’ सार्वजनिक भएको सार्वजनिक भएको छ । नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शब्द रहेको गीतमा कीर्ति न्यौपाने ( दिवाकर शर्माको) सङ्गीत छ ।

    गीतको एरेन्जर फणिन्द्र राईले गरेका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा वरिष्ठ अभिनेता जोडी कृष्ण मल्ल र शर्मिला मल्लको अभिनय छ ।

    भिडियोमा कृष्ण र शर्मिालको अलवा नारायण प्रधान, राकेश खड्का, राजेश विशुराल, श्याम कृष्ण संजेल, राजु चौंहान र नीराजन रिमालको समेत अभिनय छ । 

    मुकेश हुमागाईंको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र विनोद वामको सम्पादन रहेको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् ।

    भिडियोमा अहिलेको देशको परिस्थिति चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीकोमा आफ्नो व्यवसाय बिग्रिए पछि कस्तो परिस्थितिको सामना गरिरहेको छ भनेर देखाइएको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८० आइतवार - १३:४९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij