Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज

केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज


  • 2.2K
    Shares

    केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज
    images

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । 
    आगामी वर्षको वैशाख १४ गते रिलिज हुने फिल्मको पोस्टर फिल्म युनिटले बुधबार सार्वजनिक गरेको हो ।

    पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ । नेपाली समाजमा बोक्सीले कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन् भन्ने भनाइ छ ।

     पोस्टर पनि यस्तै शैलीमा डिजाइन गरिएको छ । पोस्टरमा महिलाको अनुहार लुकाएर पछाडिको भाग देखाइएको छ । पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

    सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म केकी अधिकारी फिल्मसले निर्माण गरेको हो । फिल्मका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् ।

    फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

    लोचन रिजालको पाश्र्व संगीत रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले यो फिल्म वितरण गर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण २ २०८० बुधवार - १४:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij