Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

राष्ट्रिय टिममा लगातार दोस्रो अर्धशतक बनाए अनिल शाहले

राष्ट्रिय टिममा लगातार दोस्रो अर्धशतक बनाए अनिल शाहले


  • 1.9K
    Shares

    • images
    राष्ट्रिय टिममा  लगातार दोस्रो अर्धशतक  बनाए अनिल शाहले
    images

    काठमाडौं । ओपनर अनिल शाहले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।

    आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे। अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरे। यसअघि उनले क्यानडाविरुद्धको दोस्रो खेलमा कीर्तिमानी अर्धशतक हानेका थिए। 

    ओडिआईमा अनिलको लगातार दोस्रो अर्धशतक हो। क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले १५ औँ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८३ रन बनाएर खेलिरहेको छ।

    अनिल ५० र भिम सार्की १३ रनमा अविजित छन्।

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - १४:४२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij