Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘महाजात्रा’ले सार्वजनिक गर्‍यो विपिन र वर्षासँगै दिव्य र गौमायाको जोडी लुक्स

‘महाजात्रा’ले सार्वजनिक गर्‍यो विपिन र वर्षासँगै दिव्य र गौमायाको जोडी लुक्स


  • 2.4K
    Shares

    ‘महाजात्रा’ले सार्वजनिक गर्‍यो विपिन र वर्षासँगै दिव्य र गौमायाको जोडी लुक्स
    images

    काठमाडौँ । प्रणय दिवसको सप्ताह सुरु भइसकेको छ । फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ ।

    माया गर्नेहरूले यसलाई विभिन्न रूपमा सप्ताह अगाडि नै मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर फिल्म ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले फिल्मको दुई जोडीको पोस्टर सार्वजनिक गरेको छ ।

    सार्वजनिक पोस्टर फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्यदेव र गौमाया गुरुङलाई दुई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

    यस अगाडिका फिल्मको सिक्वेलमा फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रूपमा थपिएका हुन् ।

    फिल्ममा विपिन, वर्षा, दिव्य र गौमायाको अलवा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

    म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विदेशका धेरै मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।

    पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य रहेको फिल्ममा आशिष् अविरलको संगीत छ । 

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - १६:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij