Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि प्रदर्शन हुने

केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि प्रदर्शन हुने


  • 2.5K
    Shares

    केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि प्रदर्शन हुने
    images

    काठमाडौँ । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'बोक्सीको घर' को प्रदर्शन मिति घोषणा गरिएको छ। 

    केकीको होम प्रोडक्सनको फिल्म आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको कथालाई देखाइने छ।

    ८ वर्षअघि मञ्चन भएको नाटक 'बोक्सीको घर' मा आधारित रहेर फिल्म निर्माण गरिएको हो। नाटककै लेखक तथा निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका हुन्।

    फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ। सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन्। 

    केकी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। टिफल्क फिल्म्सले फिल्मलाई वितरण गर्नेछ। 

     

    प्रकाशित मिति :माघ २४ २०८० बुधवार - १२:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij