Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहासिक प्रिमियर हुँदै

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहासिक प्रिमियर हुँदै


  • 2.5K
    Shares

    चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहासिक प्रिमियर हुँदै
    images

    काठमाडाैं ।  रिलिज मिति नजिकिँदै गएको ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहासिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहासिक प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै बिशिष्ट प्रिमियरको रुपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ ।

    धरानको प्रिमियरबारे यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘पूर्व बृटिस आर्मी तथा बृटिस आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रिमियर ऐतिहासिक बनाईने र त्यसमा पूर्व पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस आर्मीहरु सहभागी हुने तयारी गरिरहनु भएको छ ।’

    सो प्रिमियरको आयोजनाबारे उनले थपे,‘प्रिमियरको लागि हामीले यही २३ गते धरानमा पत्रकार सम्मेलन गरेर सो क्षेत्रमा थप जानकारी गराउँदैछौं । ऐतिहाँसिक प्रिमियर तयारी समितिले एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोशाक र बाजागाजा सहित गोर्खा वारियरको ब्यारन बोकेर धरान शहरमा र्याली गरेर सो टोली प्रिमियरमा सहभागी हुनेछ ।’  अन्य शहरबाट पनि र्याली सहित प्रिमियरमा बृटिस आर्मीहरु आउने पनि उनले जानकारी गराए ।

    premire-add--851x1024.jpg

    सो प्रिमियरमा बृटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरू, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरु, स्थानीय सरकारका प्रमुखहरु एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरु सहभागी हुने पनि चाम्सले जनाएका छन् । उनका अनुसार नेपालको लागि यो पहिलो प्रिमियर भएकाले यसलाई ऐतिहासिक तुल्याईने छ । धरान यसपछि अन्य शहरमा पनि यस्तै प्रिमियर गरिने र सोबारे केही दिन भित्रै जानकारी गराउने पनि निर्देशक चाम्सले जानकारी गराए ।

    यस अघि गोर्खा वारियरको बेलायतमा ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको थियो । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहासिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रसँसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरको लागि उच्च माग बढेको छ । यसै क्रममा ५ फागुनमा धरानमा प्रिमियर गर्न लागिएको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

    गत साता यो चलचित्रको ट्रेलर रिलिज गरेपछि गोर्खा वारियरको ‘हाईप’ ह्वात्तै बढेको छ । त्यसो त हालै गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ 'बाफ्टा' अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो ।

    गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

    गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् । यही चलचित्रबाट नायकमा डेब्यु गरेका रितेस चाम्स आफैं बृटिस गोर्खा आर्मीसँगै पाईलट पनि हुन् ।  

    यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

    यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

    प्रकाशित मिति :माघ २२ २०८० सोमवार - १३:४२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij