Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आफ्नो मृत्यु भयो भनेर झुक्याउने अभिनेत्री पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी

आफ्नो मृत्यु भयो भनेर झुक्याउने अभिनेत्री पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी


  • 2.0K
    Shares

    आफ्नो मृत्यु भयो भनेर झुक्याउने अभिनेत्री पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी
    images

    मुम्बइ। भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको मृत्यु भएको खबर भाइरल भयो। सिंगो बलिउड उद्योग स्तब्ध भयो भने जताततै कोलाहल मच्चियो। 

    पुनमका म्यानेजरले पुनमकै आधिकारिक इन्स्टाग्राममा पाठेघरको मुखको क्यान्सरका कारण उनको निधन भएको खबर पोस्ट गरेका थिए। तर दिन बित्दै जाँदा पुनमको मृत्युको खबर रहस्यमय बन्दै गयो। शुक्रबार साँझ पुनम, उनका म्यानेजर र सम्पूर्ण परिवारको फोन स्विच अफ भएको खबर आयो। एकैपटक सबैको फोन स्विच अफ हुनु र पुनमको शव नभेटिनुले यो खबर धेरैलाई शंकास्पद लागिरहेको थियो।

    नभन्दै भोलिपल्ट (फेब्रुअरी ३) नै त्यही इन्स्टाग्राममा भिडिओमा स्वयं पुनम उपस्थित भएर भनिन्– म जीवितै छु!’ खासमा पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन आफूले यस्तो नाटक गरेको भन्दै माफी पनि मागिन्। 

    यसरी दुनियाँलाई झुक्याएको भन्दै पुनमको व्यापक आलोचना भइरहेको छ। यति मात्र होइन, उनीविरुद्ध अधिवक्ता अली कासिफ खान देशमुखले प्रहरीमा उजुरी नै दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    साथै पुनमकी म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाइविरुद्ध आईपीसी धारा ४१७, ४२०, १२०बी, ३४ अन्तर्गत एफआईआर दर्ता गर्नसमेत माग गरिएको छ। सबैविरुद्ध पाठेघरको मुखको क्यान्सरको नाममा जनता र सिंगो देशलाई झुक्याएको मुद्दा हाल्न माग गरिएको छ। 

     

    प्रकाशित मिति :माघ २१ २०८० आइतवार - १४:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij