२०८२ माघ ११ गते आइतवार
बिनोद पौडेल निर्देशित फिल्म ‘भूठान’को छायाङ्कन सकिएको छ। अमेरिकाको ओहायोमा फिल्मको इन्डक्याल्प गरिएको हो। यस फिल्मको अंग्रेजी नाम ‘द वर्ल्ड ह्यापिएस्ट म्यान’राखिएको छ।
यस फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, ऋचा घिमिरे, भुवन प्याकुरेल, विमल सुवेदी, अदिति प्याकुरेल, जोयश पाण्डे, कौशिला खनाल कर्मचार्य लगायतको भूमिका छ। त्यसैगरि, भारतबाट अनुराधा मजुमदार र अमेरिकाबाट हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहेको छ।
पूजा र ऋचाले यसै फिल्ममार्फत अभिनयमा कमब्याक गरेका हुन्। सुटिङ सकिएसँगै निर्माणटिमले केही तस्विरहरु सार्वजनिक गरेको छ। यस फिल्ममा दयाहाङ राई अमेरिकी सेनाको चरित्रमा देखिन लागेका छन्। ब्रुस डर्न र अनुराधासँगै रहेका उनी अमेरिकी सेनाको युनिफर्ममा देखिएका छन्।
विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तराष्ट्रीय मान्यता र मापदण्डमा रहेर यो फिल्म बनाएको निर्देशक पौडेलले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij