Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यू-१९ विश्वकप : सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

यू-१९ विश्वकप : सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


  • 2.5K
    Shares

    • images
    यू-१९ विश्वकप : सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
    images

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

    बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने खेलका लागि भएको टस नेपालले जितेको थियो । टस जितेपछि नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै बंगलादेशलाई फिल्डिङको निम्तो दिए । बंगलादेशविरुद्ध नेपाल आज सन् २०१६ को क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ ।

    यसअघि नेपालले सन् २०१६ को संस्करणमा बंगलादेशसँग क्वार्टरफाइनलमा हार व्यहोरेको थियो । उक्त खेलमा नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य बंगलादेशले चार विकेट गुमाउँदै पूरा गरेको थियो । 

    प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

    नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । 

    यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

    आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १३:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij