Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक

प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक


  • 2.8K
    Shares

    प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक
    images

    काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । गौरव गिरी र एलपी शर्माको शब्दरचना रहेको गीतमा रोहित देउवाले संगीत छ । 

    गीतले प्रेमको आशामा धोका पाएको युवकको कथा समेटेको छ । गीतले पछिल्लो समय युवा पुस्तामा झाँगिएको नाटकीय प्रेम देखाएको छ । स्वार्थका कारण युवतीले प्रेमको नाटक गरेर युवकको जिन्दगीमा गरेको खेलबाडलाई भिडियोमा देखाइएको छ । 

    गौरव गिरीले निर्देशन गरेको भिडियोमा एलपी शर्मा र उषा उप्रेतीको अभिनय छ । साथमा भद्रजंग कुँवर, दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली पनि देखिन्छन् । 

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १०:२३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij