Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फिल्म अभिनय गर्दै सांसद ज्ञानेन्द्र शाही

फिल्म अभिनय गर्दै सांसद ज्ञानेन्द्र शाही


  • 2.2K
    Shares

    फिल्म अभिनय गर्दै सांसद ज्ञानेन्द्र शाही
    images

    काठमाडौँ । सांसद ज्ञानेन्द्र शाही पनि फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनको अभिनय रहने भएको हो ।

    आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दियो । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन ।

    एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको कार्यक्रममा फिल्मको शुभ मुहूर्त समेत भयो । फिल्ममा ओलीको समेत अभिनय रहनेछ ।

    अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो । फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ ।  लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

    फिल्म काठमाडौँ, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगन्ज र रौतहटको चन्द्रपुरमा छायाङ्कन हुनेछ ।

    प्रकाशित मिति :माघ १५ २०८० सोमवार - ११:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij