Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने

चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने


  • 2.6K
    Shares

    चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने
    images

    काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

    बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरिएको छ । बोर्डको चालु आ.ब. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुँदैछ ।

    कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरेर माघ २५ गतेसम्ममा बोर्डको कार्यालयमा इमेलमार्फत आवेदन दिनुपर्नेछ ।

    कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले जानकारी दिए ।

    प्रकाशित मिति :माघ ११ २०८० बिहिवार - १४:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij