Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट

नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट


  • 1.8K
    Shares

    • images
    नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट
    images

    काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

    दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आकास त्रिपाठी ६ रनमा आउट भए । त्रिपाठीलाई पाकिस्तानका अहमेद हुसेनले क्याट आउट गराए ।

    यसअघि नेपालका अर्जुन कुमालको विकेट पनि हुसेनले नै लिएका थिए । अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका अर्जन आउट हुँदा नेपाल दबाबमा देखिएको छ ।

    अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन् । आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ ।

    आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - १५:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij