Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु

वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु


  • 2.3K
    Shares

    वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु
    images

    काठमाडौँ । नेपालमा वायु प्रदूषणले स्वास्थ्य समस्या हुँदा हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको छ । 

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार वायु प्रदूषणका कारणले दीर्घाकालीन फोक्सोको रोग, मस्तिष्कघात, मुटुरोग, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण लगायत समस्याका कारणले ४२ हजार १ सय जनाको मृत्यु भएको हो ।

    यस्तै, काठमाडौँमा मात्रै ५ हजार ८० जनाको वायु प्रदूषणका कारणले मृत्यु भएको तथ्यांक छ । वायु प्रदूषणका कारणले विश्वभर ७० लाख जनाको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ । 

    काठमाडौँमा गाडीको उत्सर्जन, फोहोर बाल्ने, इँटा उद्योग, घर भित्रको वायु प्रदूषण, निमार्णका कार्य लगायत कारणले हुने गरेको पाइएको छ । डब्लुएचओले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमको रूपमा लिएको छ । 

    काठमाडौँ उपत्यकाको भू–बनौट कचौरा आकारको भएको एवं यहाँको द्रुत सहरीकरणले गर्दा काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा छ । 

    विश्व स्वास्थ्य संगठनको अनुसार काठमाडौँको वायुमा पी.एम् २.५ (२.५ माइक्रोनभन्दा साना कण) को वार्षिक औसत मात्रा विश्व स्वास्थ्य संगठनको निर्दिष्ट मान्यताभन्दा १० गुणा बढी छ । 

    प्रकाशित मिति :माघ ९ २०८० मंगलवार - १६:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij