२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । अभिनेत्री तथा नेतृ रेखा थापाले ‘बेबी सावर’ गरेकी छन्। केही महिनाअघि अमेरिका पुगेकी उनले परिवारसँगै ‘बेबी सावर’ मनाएकी हुन्।
पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा रहेकी रेखाका परिवार र साथीहरूले अमेरिकाको कोलोराडोमा शनिबार ‘बेबी सावर’ कार्यक्रम आयोजना गरेका थिए।
रेखाले श्रीमान् बलराम शाहीसँगै एकसाथ केट काट्दै ‘बेबी सावर’ मनाए। ‘बेबी सावर’ मनाएको रेखाले सामाजिक सञ्जालमा सेयर गरेकी छन्। फरक-फरक पहिरनमा देखिएकी रेखा निकै खुलेकी छन्। साथै बलरामले पनि रेखाको बेबी बम्पमा चुम्बन गरेको पनि भिडिओमा देख्न सकिन्छ।
केही हप्तापछि आमा बन्न लागेकी रेखाको आगामी फिल्म ‘उपहार’ फागुन २५ गते रिलिज हुँदै छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij