Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रधानमन्त्री कप: एपीएफमाथि पुलिसको शानदार जित

प्रधानमन्त्री कप: एपीएफमाथि पुलिसको शानदार जित


  • 2.7K
    Shares

    • images
    प्रधानमन्त्री कप: एपीएफमाथि पुलिसको शानदार जित
    images

    काठमाडौं । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ ।  प्रधानमन्त्री कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।

    पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिङ लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजवंशीले ५ विकेट लिएका थिए ।

    यस अघि पहिला ब्याटिङ गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुँदै १४५ रन बनाएको थियो । पुलिस क्लब जारी पीएम कपमा पराजित रहँदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।

    त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौँ स्थानमा रहेको छ । अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मूलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १६:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij