२०८२ माघ ८ गते बिहिवार
आइसीसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ। नेपालका लागि दिपेश कँडेलले न्युजिल्यान्डको तेस्रो विकेट लिएका हुन्।
त्यसअघि सुवास भण्डारीले ओपनर लुक वाट्सन १०.१ ओभरमा २५ बलमा २ चौका हान्दै १४ रन बनाउँदा सुवासको बलमा बोल्ड आउट भए।
इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले १५ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ६९ रनमा खेलिरहेको छ। अहिले क्रिजमा कप्तान ओस्कार ज्याक्सन आएका छन्। उनीसँग स्रेहित रेड्डी क्रिजमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij