Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट

कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट


  • 2.4K
    Shares

    • images
    कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट
    images

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट भएको छ ।

    मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १६७ रनमा समेटिएको हो ।

    ब्याटिङतर्फ गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए । कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए । गण्डकीलाई सस्तो मै समेट्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिए ।

    ९ ओभर २ बल बलिङ गरेका अभ्यासले २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएका हुन् । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १/१ विकेट लिए ।

    यी दुवै टिम पहिलो जितको खोजीमा छन् । गण्डकी यसअघि भएका ३ खेल र कोशी ५ खेलमा पराजित भएका छन् ।

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - १३:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij