Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने

दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने


  • 2.5K
    Shares

    दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने
    images

    मुम्बई । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने भएको छ।

    फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गरेका हुन् ।

    ‘दिल बेचारा २’ मुकेशले ट्वीट गरेका छन् । उनको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो। सुशान्त र संजना सांघी स्टारर यो फिल्म कोरोना महामारीको समयमा ओटिटीमा जुलाई २०२० मा रिलिज भएको थियो ।

    सन् २०२० जुन १४ मा सुशान्तका निधन भएपछि यो फिल्म जुलाई २०२० मा रिलिज भएका थियो। ओटिटी प्लेटर्फममा यो फिल्मले दर्शक राम्रो पाएको थियो ।

    यो फिल्म जसै डिज्नी प्लस हटस्टारमा रिलिज भयो, त्यो बेला ओटिटी क्र्यास भएको थियो । प्लेटफर्मममा दर्शकको संख्या ह्वात्तै बढेपछि यसको रिलिजमा समस्या देखिएको थियो । यो फिल्म जोन ग्रीनका उपन्यास ‘द फल्ट इन आवर स्टार्स’मा आधारित छ ।

    निर्देशक छाबडाले ‘दिल बेचारा २’मा कुन कलाकारले अभिनय गर्ने र कथा के हुनेछ भन्ने बारेमा केही मुख खोलेका छैनन्।

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - १५:४३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij