Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

वरिष्ठ गायक योगेश वैद्यको निधन

वरिष्ठ गायक योगेश वैद्यको निधन


  • 3.2K
    Shares

    वरिष्ठ गायक योगेश वैद्यको निधन
    images

    काठमाडौँ । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।

    बासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशी स्मृति परिषद्का सल्लाहकार पनि हुन् । योगेश लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए ।

    गायक वैद्य ७७ वर्षका थिए । सचिव जोशीले योगेशको शवलाई अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी दिए । ‘ आजै पशुपतिमा हामी उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनेछौं । त्यसपछि अन्त्येष्टि गरिनेछ’, उनले भने । योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन् ।

    किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी..’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु…’ ।

    योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत संगीतमा कालजयी गीत मानिन्छ ।

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - १०:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij