Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सी डिभिजन लिग आजदेखि सुरु हुँदै

सी डिभिजन लिग आजदेखि सुरु हुँदै


  • 12.0K
    Shares

    सी डिभिजन लिग आजदेखि सुरु हुँदै

    काठमाडौं ।  काठमाडौंमा आजदेखि शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले 'सी' डिभिजन लिग आजदेखि एन्फा कम्प्लेक्समा सुरु गर्न लागेको हो । 

    एन्फा कम्प्लेक्स सातदोबाटोमा लिगको उद्घाटन खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । लिगको पहिलो दिन आज दुई खेलहरु हुने एन्फाले जनाएको छ ।

    लिगको पहिलो खेल खालीबारी र झापाबीच साढे १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल साढे ३ बजे सुरु हुनेछ ।

    चैत २४ गतेसम्म चल्ने लिगमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

    सुपर सिक्समा पुगेर शीर्ष ३ मा रहने टोली 'बी' डिभिजनमा बढुवा हुनेछन् । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछन् । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १०:४२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij