Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

‘मिसेस नेपाल वल्र्ड–२०२३’का विजेतालाई पुरस्कार प्रदान

‘मिसेस नेपाल वल्र्ड–२०२३’का विजेतालाई पुरस्कार प्रदान


  • 2.4K
    Shares

    ‘मिसेस नेपाल वल्र्ड–२०२३’का विजेतालाई पुरस्कार प्रदान
    images

    काठमाडौंँ । ‘मिसेस नेपाल वल्र्ड–२०२३’ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रम गर्दै विजेता पृथ्विया थापालाई इलेक्ट्रिक स्कुटर तथा गिफ्ट ह्याम्पर प्रदान गरेको हो ।

    स्कुटर अटो नेपाल पत्रिकाका निर्देशक रोशनकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रतियोगीताका फष्ट रनर्सअप आइना गजुरेल, सेकेण्ड रनर्सअप नीशा बिष्ट र थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणा पनि पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरियो ।

    कोरियोग्राफर अश्विनीकान्त झा, मिसेस नेपाल इन्टरनेशनल सिर्जना केसी, रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद हरिप्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, व्युटी पेजेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, ग्रामिण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्सना साउद, समाजसेवी डा. भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछाने लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    ‘मिसेस नेपाल वल्र्ड २०२३’ पृथ्विया थापाले यही जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड’, मिसेस नेपाल इन्टरनेसनल सिर्जना केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल, एमएस नेपाल इन्टरनेसनल सीता सुबेदीले सिंगापुरमै हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

    प्रकाशित मिति :पौष २३ २०८० सोमवार - १०:५८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij