Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक (भिडिओ)

फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक (भिडिओ)


  • 3.2K
    Shares

    फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक (भिडिओ)
    images

    काठमाडौँ । पुष २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ५९ सेकेन्डको ट्रेलरले बुवाछोरीको सम्बन्धको कथालाई समेटेको छ। 

    पारिवारिक कथासहित एक्सनको समिश्रणले ट्रेलर रमाइलो बनेको छ। यस फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा थापा, अन्जना बराइली, सन्तोष अधिकारी, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल लगायतका कलाकारको अभिनय छ।

    घनश्याम लामिछानेको निर्देशित फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ। निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए। 

    बाबुछोरीको कथा बोकेको चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन्। महेश पौडेलले छायाङ्कन गरेको फिल्ममा सम्पादन बनिश शाह र सन्देश शाहले गरेका हुन्। 

    सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

    (भिडिओ)

    प्रकाशित मिति :पौष १९ २०८० बिहिवार - ११:०६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij