२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । अभिनेता दयाहाङ राई र उपासना सिंह ठकुरी अभिनीत फिल्म 'हात्तीछाप' को गीत सार्वजनिक गरिएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'मायालु' बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा दयाहाङ र उपासनालाई देख्न सकिन्छ। प्रताप दास र ममता गुरुङको स्वर रहेको गीतमा शब्द हर्क साउदको र संगीत उज्जवल सागरको छ।
सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ।
फिल्ममा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ।
रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रूपमा छन्। फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।
यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij