Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी


  • 2.5K
    Shares

    २७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु गलत रहेको भन्दै एकथरी विरोधमा उत्रिएका छन् ।

    त्यस्तै, अर्कोथरीले देशभर लोडसेडिङ उत्सर्गमा पुगेका बेला निर्वाध बिजुली प्रयोग गर्ने तर महसुल तिर्न आनाकानी गर्दै राज्यलाई अब रुपियाँ नोक्सानीमा पुण्याउन खाजेको भनाइ छ ।

    झण्डै एक दशकदेखि अल्भिएर बसेको यो विवाद विद्युत् आपूर्ति बन्द भएसँगै वारपार हुने स्थितिमा छ । प्राधिकरणले गत शुक्रबार र शनिबार गरी ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरिदिएको छ ।

    विद्युत् आपूर्ति बन्द भएपछि उद्योगी व्यवसायीलाई विभिन्न माध्यमबाट सरकार र प्राधिकरणमाथि दबाब सिर्जना गरिहेका छन् ।

    प्राधिकरण स्रोतका अनुसार करिब ६० वटा उद्योगको वार्षिक करिब डेढ वर्ष रुपियाँको हाराहारीमा यस्तो महसुल वृद्धि भई अहिले करिब २७ अर्ब रुपियाँको हाराहारीमा बक्यौता रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

     

    प्रकाशित मिति :पौष १२ २०८० बिहिवार - ०७:२४:४९ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij