२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित नोएडामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ बाट संक्रमित व्यक्ति भर्खरै नेपालबाट फर्किएको खुलेको छ।
एक भारतीय अनलाइन पत्रिकाकाले धेरै महिनापछि नोएडामा ५४ वर्षीय व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ।
कोरोना देखिएका ती व्यक्ति हालै नेपाल गएर फर्किएको दाबी दैनिक भास्करले गरेको हो। ती व्यक्ति हरियाणाको गुरुग्राममा काम गर्ने पत्रिकाले उल्लेख गरेको छ।
भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ तीव्र गतिमा फैलिरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक संक्रमितको मृत्यु पनि भएको दैनिक भास्करले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij