Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

नाचघरमा ड्रिम्स डिजिटलको स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

नाचघरमा ड्रिम्स डिजिटलको स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न


  • 8.9K
    Shares

    नाचघरमा ड्रिम्स डिजिटलको स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न
    images

     ड्रिम्स डिजिटल प्रा.लिले एक कार्यक्रम आयोजना गरी स्रष्टाहरूलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । 
     ड्रिम्स डिजिटल प्रा.लि का अध्यक्ष गायक तथा निर्देशक दिल कुमार विश्वकर्माको सभापतित्वमा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रम उप– सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 
    प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यक्रममा उप–सभामुख रानाले सरकारले गर्नुपर्ने कार्य ड्रिम्स डिजिटल प्रा.लि ले गरेकोमा खुसी व्यक्त गरिन् ।

    b656391d-b5bf-499a-9448-ba885a9b1116.jpg
     गायक, संगितकार तथा एरेञ्जर इन्द्र जि.सी , सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागी,गीतकार राजकुमार बगर, गायिका लक्ष्मी न्यौपाने ,नायक तथा मोडल शितल के.सी. लाई उक्त कार्यक्रममा सम्मानित गरिएको थियो । यस्तै गायक तथा संगितकार टिका बम्जन, गायक नमराज ढुङ्गाना,सञ्चारकर्मी चन्द्रमणी गौतम, एरेञ्जर तथा संगीतकार राजु खडका, मोडल तथा निर्माता निशान रसाइली, सर्जक शम्भु कुवँर ,गायक जीवन परियार, गायक रेशम कुमार विश्वकर्मा, गायक तथा एरेञ्जर जि.पुन (जित बहादुर पुर्जा पुन), गायक,एरेञ्जर तथा मोडल यमन खनाल, सर्जक तथा गायक विनोद ढकाल, भिडियो निर्देशक रेशम कुमार स्याउली तामाङ,संगितकार तथा ग्राफिक्स डिजाइनर शान्त शिशिर, गायक हेमराज डाँगी, गायक कृष्ण प्रसाइँ, मोडल दिपेश एस.के., मोडल दिप केसी, गायक भिम मगर, गीतकार सिकन्दर ठाकुर, गायक तथा सर्जक अभिनव चौहान, सञ्चारकर्मी शिवराम भण्डारी, दोहोरी सञ्चालक सविन श्रेष्ठ, कलाकार अनिता कार्की, गायक अभिनय यादव, छायाँकार तथा सम्पादक मदन राई, गायिका मिना वेल्बासे, गायक नविन गुरुङ, गीतकार सन्दिप मगर, भिडियो सम्पादक सुविन दाहाल, समाजसेवी शिवदेव पाण्डे तथा चाँगुनारायण रोधि कल्व परिवार सम्मानित भएका छन् ।

    d2f1d51d-eb2c-4fde-b803-9663a848505a.jpg
     सम्मानित भएपछि सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागीले मन्तव्य राखेका थिए । गायक इन्द्र जि.सी, रेशम कुमार विश्वकर्माले गीत प्रस्तुत गरेर सबैलाई नचाएका थिए भने दिपेश एस.के.को टिमको उत्कृष्ट नृत्य प्रस्तुत भएको थियो ।
     २०७२ सालमास्थापित ड्रिम्स डिजिटल प्रा.लि ले आफ्नो स्थापना कालदेखिनै विभिन्न कार्यक्रममार्फत सर्जकहरूलाई सम्मान गर्दै देशको कला संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । 

    प्रकाशित मिति :मंसिर २७ २०८० बुधवार - ०७:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij