२०८२ भाद्र १० गते मंगलवार
एजेन्सी । बढ्दो प्रदूषण र चिसोले गर्दा कपाल झर्ने तथा चायाँ पर्ने समस्या जाडोमा हुने गर्छ । यस्तोमा तपाईंले कपाललाई बलियो र चायाँ कम गर्न चाहनुहुन्छ भने गाजरको तेलको प्रयोग गर्नुहोस् ।
गाजरको तेलमा भिटामिन ए, सी, बी, के र पोटाशियम फाइबर जस्ता पोषक तत्वहरु पाइन्छन् जसले कपाललाई बलियो बनाउँछन् ।
गाजरको तेल तपाईं आफैँ घरमै पनि बनाउन सक्नुहुन्छ । यसका लागि गाजरलाई राम्रोसँग पिसेर यसको रस निकाल्नुहोस् । अब यस रसमा जैतुनको तेललाई मिसाएर एक हप्तामा स्टोर गरेर राख्नुहोस् । जब तेलको रंग परिवर्तन भएपछि यसलाई सफा बोतलमा बन्द गरेर राख्नुहोस् ।
गाजरको तेल कपालमा लगाउँदा कपाल झर्ने कम हुन्छ । यसले कपालको जराहरुलाई बलियो बनाउने काम गर्छ । गाजरको तेललाई कपालमा लगाउँदा कपाल बाक्लो हुन्छ । साथमा यो तेलको प्रयोगले कपाल चम्किलो पनि हुन्छ । त्यस्तै यो तेलको नियमित प्रयोगले चायाँबाट मुक्ति पाउन सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij